Showing posts with label प्रदिप प्रखर पोखरेल. Show all posts
Showing posts with label प्रदिप प्रखर पोखरेल. Show all posts

Wednesday, February 29, 2012

10.गजल - प्रदिप प्रखर पोखरेल

प्रदिप प्रखर पोखरेल
अब बाटो लागम सानु पिरती लाई न्याय दिन।
जे'नै पर्ला भागम सानु पिरती लाई न्याय दिन।

तिम्ले भन्थ्यौ ईश्वर लाई पुँज्नु पर्छ पुर्याउछन
हाम्रो घर मागम सानु पिरती लाई न्याय दिन।

यो समाजले रोक्नलाई पाईलै पिच्छे डोरी कँस्ला
बरु सिमा नाँघम सानु पिरती लाई न्याय दिन।

दुखै पाँउ,एक छाक खाँउ,नयाँ नलाँउला बरु
दिनरात जागम सानु पिरती लाई न्याय दिन।

यो हाम्रो मायाप्रिति दुई दिन लाई मात्र होईन
सँगै धर्ती त्यागम सानु पिरती लाई न्याय दिन।