Showing posts with label सुरज थापा मगर. Show all posts
Showing posts with label सुरज थापा मगर. Show all posts

Wednesday, July 25, 2012

134.कमेन्ट सम्झदा साटो बनायो फसबुकले


कमेन्ट सम्झदा साटो बनायो फसबुकले
बोल्नेलाई पनि लाटो बनायो फेसबुकले

सोचेर बस्छन् सोच्दा सोच्दै जीवन त्यो
सिक्काको जस्तै पातो बनायो फेसबुकले

गफ गर्दा ठीकै थ्यो भेट भएसी त मेरो 
जीवनमा धेरै नै घाटो बनायो फेसबुकले

रिक्वइस्टलाई एसेप्ट गर्दा गर्दै मेरो यो
मनैलाई पिसेर आटो बनायो फेसबुकले 

फोटो राखेर कमेन्ट खाने बानीले गर्दा
राम्रालाई नराम्रो बाटो बनायो फेसबुकले 

सुरज थापा मगर 
जयखानी ८ गुल्मी
हाल बुटवल

Wednesday, July 11, 2012

112.बिदेश बिदेश भनी मेनपावर नधाउ साथी हो


बिदेश बिदेश भनी मेनपावर नधाउ साथी हो
स्वदेश मै केहि गर बिदेशमा नआउ साथी हो

दुई चार बर्ष कर्म गरन सुन फल्छ नेपाल मै
बिदेशै जान्छु म भनी कसम नखाउ साथी हो

जीवन जीउन सजिलो छ सय बाटै सुरु गर
परदेशीन लाखौ लाख ऋण नलाउ साथी हो

गाउँमै बसेर काम गर बिदेशमा केहि छैन
यो दुःखै दुःखको जीवनमा नछाउ साथी हो

परदेश त परदेश नै हो पैसा मात्र ठूलो हैन
अरुको देशमा गई धेरै दुःख नपाउ साथी हो

सुरज थापा मगर
जयखानी ८ गुल्मी
हाल बुटवल

Tuesday, July 3, 2012

191.भिज्दै नाच्दै असारे गीत गाउने दिन आयो


भिज्दै नाच्दै असारे गीत गाउने दिन आयो
स–परिवार मेलापातमा धाउने दिन आयो 

माना खाई मुरी उब्जाउने बेला सबै मिली
कोदो अनि धानको बीउ लाउने दिन आयो

हिउँदमा खेल्दै खाँदै बस्ने ती युवाहरु पनि
असारे काम संगै दुःख पाउने दिन आयो

सेगु ओढेर बीउ हातमा राखेर रमाउँदै
आफ्नो आफ्नो खेतबारीमा छाउने दिन आयो

छ महिना खाने सकियो काम असारैमा यहाँ
सधै रुझेको या दगर्ने साउने दिन आयो

सुरज थापा मगर
जयखानी ८ गुल्मी
हाल बुटवल

Sunday, July 1, 2012

189. गजल - भिज्दै नाच्दै असारे (सुरज थापा मगर)


भिज्दै नाच्दै असारे गीत गाउने दिन आयो
स–परिवार मेलापातमा धाउने दिन आयो 

माना खाई मुरी उब्जाउने बेला सबै मिली
कोदो अनि धानको बीउ लाउने दिन आयो

हिउँदमा खेल्दै खाँदै बस्ने ती युवाहरु पनि
असारे काम संगै दुःख पाउने दिन आयो

सेगु ओढेर बीउ हातमा राखेर रमाउँदै
आफ्नो आफ्नो खेतबारीमा छाउने दिन आयो

छ महिना खाने सकियो काम असारैमा यहाँ
सधै रुझेको या दगर्ने साउने दिन आयो
सुरज थापा मगर
जयखानी ८ गुल्मी
हाल बुटवल

Thursday, June 28, 2012

185.जीवन दिन्छु तिम्लाई मन पारेर हेर त


जीवन दिन्छु तिम्लाई मन पारेर हेर त
त्यो सुन्दर मनलाई यता सारेर हेर त

बर्त बस पुजा गर यो साथीको लागि
एकै दिन मनको रहर मारेर हेर त

जीवन जिउन गाह्रो झनै सागर तर्न
मायाँको पुल छैन सागर तारेर हेर त

छोड्ने छैन तिम्लाई सधै साथ दिन्छु
मनको छेस्काले मलाई बारेर हेर त

यति कुरा हुदैनमा सगै बस्ने रहर भो
संगै बस्ने भए इजरायल झारेर हेर त

सुरज थापा मगर
जयखानी ८ गुल्मी 
हाल बुटवल

Monday, June 25, 2012

166.मनैमा आएको जस्तो, एउटी साथी भेटियो


मनैमा आएको जस्तो, एउटी साथी भेटियो 
जवानीले छाएको जस्तो, एउटी साथी भेटियो

हेर्दा राम्री उनी, म देखि धेरै टाढा भएनि 
नजिकै पाएको जस्तो, एउटी साथी भेटियो

गजल लेख्दा भेटेनि, चारी र गुच्चा खेल्दाको
रहरैमा लाएको जस्तो, एउटी साथी भेटियो

शब्द जालमा रमाउने, गीत त्यो संगीतको 
धुन संगै गाएको जस्तो, एउटी साथी भेटियो

“शान्ति” हो नाम, अशान्ति यो जीवनमा
दिलले चाए’को जस्तो, एउटी साथी भेटियो

सुरज थापा मगर
जयखानी ८ गुल्मी 
हाल बुटवल

Monday, June 18, 2012

129.युद्ध नै नगरी मनैमा पनि क्रान्तिवाद हुन्छ र ?

युद्ध नै नगरी मनैमा पनि क्रान्तिवाद हुन्छ र ?
आफ्नो मनले चाहेको बोल्नु प्रतिवाद हुन्छ र ?

जस्ले पनि आफ्ना सन्तानको भलो नै चाहान्छ
के सन्तानको रहरलाई मार्नु अतिवाद हुन्छ र ?

कुनै साहित्यकारको मनमा एकफेर बसेर हेरौ त
कसैको मनैमा बसी नबोलेर मनोवाद हुन्छ र ?

जीवन जीउनु आ–आफ्नो रहरले हैन र साथी
यहाँ खानै पुगेको छैन अनि पुजीवाद हुन्छ र ?

आफ्नो मनको सपना पुरा गर्न खोज्छन् सबै
के मनको सपना पुरा गर्नु “अपवाद” हुन्छ र ?

सुरज थापा मगर
जयखानी ८ गुल्मी
हाल बुटवल

Friday, June 15, 2012

116.विकासको बीउ छर्छु भनेको छर्न सकिएन


विकासको बीउ छर्छु भनेको छर्न सकिएन
बाँच्न भनि केहि गर्छु भनेको गर्न सकिएन

त्यो मनको मझेरीमा बास बस्न चढियो
सुर्य उदाएसि झर्छु भनेको झर्न सकिएन

रहरै रहरमा पल्लो मनमा डेरा सारियो
भाडा बढेसी सर्छु भनेको सर्न सकिएन

मेरो यो जीवनमा कति ठूलो सागर बढ्यो
पौडेरै भए पनि तर्छु भनेको तर्न सकिएन  

जीवन बाटै हार खाएर मर्न तयार थिए
सदाको लागि म मर्छु भनेको मर्न सकिएन

सुरज थापा मगर
जयखानी ८ गुल्मी
हाल बुटवल