Monday, October 29, 2012

515.त्यो चिठ्ठी पुरानो नखोल्नु थियो ।


त्यो चिठ्ठी पुरानो नखोल्नु थियो ।
जोखिम मनको नमोल्नु थियो ।

कराएछु देखेर शब्द चिठ्ठिको
दुनियाको सामु नबोल्नु थियो ।

हप्ता बर्ष दशक भरिका पत्र
संगालेर छाति यो नपोल्नु थियो

अब त आसु रातो आउन थाल्यो
आसु र रगत नघोल्नु थियो ।

समयले सबै बुझाउला सानु
धन र मनलाई नतोल्नु थियो ।

त्यो चिठ्ठी पुरानो नखोल्नु थियो ।
जोखिम मनको नमोल्नु थियो ।

नबिन नेपाल
सुडाल -०८
भक्तपुर

No comments :

Post a Comment