मायाको चिनो नयन बाट,झरेपछि आउनु,माथमा मेरो पराय घुम्टो,परेपछि आउनु।
बुझेनौं तिमी आशयहरु,साथ अन्तै हुदैछ,
जन्मेको थलो छोडी बसाई,सरे पछि आउनु।
जोगाई यो चिउदो राखे थें अहँ तिमी आएनौ,
खाली सिउदो कसैले मेरो,भरे पछि आउनु।
फाँटेको दिल सिउने अब ठाम कहाँ रह्यो र,
रित्तियर म अर्कैले खुसी,हरेपछि आउनु।
रहेन त्यस्तो हर्षको क्षण,बाँचुन्जेल धर्तीमा,
उपस्थिती अब न्यून छ म मरे पछि आउनु॥
बिमल पहराई
हाडहाडे-५
गुल्मी







No comments :
Post a Comment