बल्झिरने घाउको, खाटो भयो जिन्दगी
रस रङग उमंगको, बाहार आउला भन्दा
दर्द पीडा खुशिको,साटो भयो जिन्दगि
सुक्लाबरु साउनको, बलेसि धारा हरु
आखाभरि आशुको, टाटो भयो जिन्दगि
कलेजिको कुनामा, लुकाएर राखेको
पिरतिझै दुखिरने, पाटो भयो जिन्दगी
हासी खुशी रमाउने,उज्यालो प्रकाशको
कालो ग्रहण लाग्यो,लाटो भयो जिन्दगि
Parkash Pokhrel
Tokyo, japan







No comments :
Post a Comment