Sunday, November 30, 2014

दाडी देखेपछि

गोलो अनुहारमा चट्ट, दाडी देखे पछि
विनोद विवश
तिमी पछि लागिहाल्यौ, गाडी देखे पछि

उसै राम्रो जिउडाल तिम्रो, यसै राम्रा वस्त्र
कामुक भएँ फुलबुट्टे, साडी देखे पछि

के थामिन्थ्यो मेरो मन, आतुर थियो पूरै
तिम्रो तनमा योवनको, बाढी देखे पछि

सबको जान्छ सातोपुत्लो, डर लाग्न थाल्छ
तिमीलाई भने उत्तेजना, झाडी देखे पछि

वर्षा मासको झरी म त, मन त्यतै गयो
मनमा तिम्रो पिरतीको, खाडी देखे पछि

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

No comments :

Post a Comment