Sunday, December 21, 2014

तिम्लाई भेट्न देउरालीमा आउदाको मजा अर्कै छ

तिम्लाई भेट्न देउरालीमा आउदाको मजा अर्कै छ
तिम्रै मायाँ पाउन वेशितिर धाउदाको मजा अर्कै छ  

कसम खाई मन्दिरमा वाचा गरेको दिन त के र 
यो दिलले त्यो दिललाई माया लाउदाको मजा अर्कै छ

वसन्तको हावाहुरी ग्रीष्मदेखि वर्षा जस्तै 
यौवनको तुषारोमा प्रेमातमाले छाउदाको मजा अर्कै छ

वगैचामा लहलहाउदो हजारौको फूल टिप्नलाई 
दोबाटोदेखि मालीसम्म तिम्रो साथ पाउदाको मजा अर्कै छ

प्रेममूलको खेती लगाई रोपे फल लाग्छ अवस्य नै 
प्रितको बारीमा आली लगाईं साउदाको मजा अर्कै छ

पूर्णाराम कुलुङ "मौसमयाफु-वाल्याङ् , संखुवासभा 
हालखाँदवारी नगरपालिका वडा नं. १०पीपलडाँडासंखुवासभा

No comments :

Post a Comment