Showing posts with label रहष्य बिक्रम चिमरिया. Show all posts
Showing posts with label रहष्य बिक्रम चिमरिया. Show all posts

Thursday, July 25, 2013

661.मण्डेला सन्थाल भएर जन्मेका होलान्


मण्डेला सन्थाल भएर जन्मेका होलान्।
ओबामा धिमाल भएर जन्मेका होलान्।।

थापा दाइको छोरो लियोनाइडस् हुन सक्छ।
ग्वेभारा दंगाल भएर जन्मेका होलान्।।

भट्टराईभित्र कोहि लिँकन हुनसक्छ।।
माओत्से रखाल भएर जन्मेका होलान्।।

फ्लोरेन्स र टेरेसा होलान् लामाका छोरी।
पाश्चर रिजाल भएर जन्मेका होलान्।।

साकिरा छोरी हुनसक्छे शेर्पेनी काकीकि।
ज्याक्सन खनाल भएर जन्मेका होलान्।।

राईट ब्रदर्श होलान् बिश्वकर्मा दाजुभाई।।
थोमस भुषाल भएर जन्मेका होलान्।।

ड्युना होलान् कोहि लिम्बु बाजेको खान्दानमा।
गान्धी जी ढकाल भएर जन्मेका होलान्।।

सेक्सपियर हुँर्कदै होलान् नेवारी समाजमा।
टैगोर दाहाल भएर जन्मेका होलान्।।

जिसस जन्मेका होलान् खानको छोरो भएर।
ति बुद्ध नेपाल भएर जन्मेका होलान्।।
रहष्य बिक्रम चिमरिया