Showing posts with label खकेन्द्र साउद. Show all posts
Showing posts with label खकेन्द्र साउद. Show all posts

Wednesday, October 10, 2012

428.हो त्यो तारा टुट्या मात्र हो


हो त्यो तारा टुट्या मात्र हो
आकाश बाट छुट्या मात्र हो

त्यसरि नै छुट्ला जिन्दगि
केहि दिन जुट्या मात्र हो

जिन्दगि यो डग्मगिनुमा
यो दैबले चुट्या मात्र हो

को रोयो र नशामा बोल्या
हो परेलि उठ्या मात्र हो

अरु के नै गर्यो र मलाई हँ
समय ले लुट्या मात्र हो

खकेन्द्र समर्पण

Tuesday, October 2, 2012

355.यो जिन्दगि बार्न कहाँ पुकार गरु

यो जिन्दगि बार्न कहाँ पुकार गरु
तनाब निर्मुल पार्न कहाँ पुकार गरु

आधि रातमै निन्द्रा टुट्छ शिव शंकर
बाकि रात टार्न कहाँ पुकार गरु

नशाहरु बन्द हुदासम्म यो देह
भन मित्र धार्न कहाँ पुकार गरू

अँहँ !सकिदैन बाँच्न यो तालले
मैले बस्ति सार्न कहाँ पुकार गरु

चारैतिर बाट तनाब खानु भन्दा
जिन्दगिलाई तार्न कहाँ पुकार गरु





खकेन्द्र साउद, 
समर्पण 

Monday, August 6, 2012

155.एक पल्ट माया गरि त हेर

एक पल्ट माया गरि त हेर
मधुमास याहाँ छरि त हेर

सुटुक्क आउछु सिन्दुर लिएर
यो हातले सिउदो भरि त हेर

जिबनमा कति उमंग छाउछ
आँचलमा मेरो परि त हेर

भेट्नको निहुँ बनाउदै सानु
एक खोलि वारि तरि त हेर

सगाल्छु या त पोखि पो दिन्छु
सित बनि रातमा झरि त हेर


खकेन्द्र साउद समर्पण
अछाम,नेपाल  

Saturday, August 4, 2012

150.र्बादको समाचार के हेर्छौ साथि


बर्बादको समाचार के हेर्छौ साथि
बिग्रदो घरबार ....के हेर्छौ साथि

शब्दले शब्दमै .....हेपाई छ याहाँ
शब्दको बलत्कार ..के हेर्छौ साथि

बैचारिक प्रहार त सोझै देखिन्छ
धारिलो हतियार ..के हेर्छौ साथि

कछुवा बनरै ......जित्नु पो राम्रो
खरायोको रफ्तार के हेर्छौ साथि

साहित्य समर्पण जिन्दा या मुर्दा
डुबेको अनुहार .....के हेर्छौ साथि

खकेन्द्र साउद समर्पण
अछाम,नेपाल