नेता बनेर खै के गर्यौ कर्महारा तिमीलेहेर्दैछु म सम्झिराख्नु ज्यानमारा तिमीले
वलिदियौ त्यो अबोधको चोला फेर्यौ छेपारे
रुनै पर्छ चुहाउदै अश्रुधारा तिमीले
भो भो तिम्ले नपार स्वाङ नआउ अब छेउमा
देखाई सक्यौ असली रुप हुतिहारा तिमीले
म सहन्न अब यहाँ मातृभूमि रोएको
लिन्छु पक्कै तिर्नै पर्छ हिसाब सारा तिमीले
लुक्छौ कति पर्दा भित्र खुल्नै पर्छ एक दिन
हट्छ नकाब देख्नै पर्छ दिन मै तारा तिमीले
टि. बि. सागर
सुनसरी - नेपाल
लुक्छौ कति पर्दा भित्र खुल्नै पर्छ एक दिन
हट्छ नकाब देख्नै पर्छ दिन मै तारा तिमीले
टि. बि. सागर
सुनसरी - नेपाल









