Tuesday, October 2, 2012

359.शून्यताले वास माग्यो जिन्दगीमा आज

शून्यताले वास माग्यो जिन्दगीमा आज
कोही आई सम्हाली देउ दुनियाको माझ !

ओछ्याई रहे आँखा मैले पर क्षितिज सम्म
मेरो निम्ति रोकिएन ढलिरह्यो साँझ ।

बैचेनीमा बाचुँ कति निराशालाई छोपी
मिल्थ्यो कि त शान्ति कतै अँगालेर गाज ।

खण्डहर भो जिन्दगानी अँध्यारो भो यहाँ

बनिदिनु तिमी मेरो जिन्दगीको साज ।

पीडा छिप्पी बेहोशिमा यतैकतै लडें
छोपीदिनु तिम्ले मेरो उध्रिएको लाज ।

टि. बि. सागर
सुनसरी- नेपाल

No comments :

Post a Comment