Tuesday, October 2, 2012

360.निको नहुने घाउको फेला पर्याछु ।

निको नहुने घाउको फेला पर्याछु ।
कस्तो दशा यो राउको फेला पर्याछु ।

ज्यान पाल्न थोरै गरे हिनामिना
कती चलाख साउको फेला पर्याछु ।

भुङ्रो बाट बल्ल निकाले मुटुलाई
झनै तात्तातो ताउको फेला पर्याछु ।

गरीबलाई थाहा हुन्छ बजारको दुख

ज्यादै महँगो भाउको फेला पर्याछु ।

पाँचबर्ष भागे बिहे गर्दिन भन्दै
यस पाली त बाउको फेला पर्याछु ।

कहिले आउछस भनि टुलुटुलु हेर्थ्यो
निर्दोष मेरो गाँउको फेला पर्याछु ।

छोटा मिठा गजल लेख्छ नबिन भन्ने
गजलकार नाउको फेला पर्याछु ।

नबिन नेपाल
भक्तपुर

No comments :

Post a Comment