
गित गजल भुलाएर कुरा गर्छन् झोलिको।
सयौं पार्टी हजार नेता राजनीतिको खेलमा
बोली भने सधैँ कडा प्रचण्ड र वलिको।।।।
सरकारको काम यस्तो कैले जाला घाम
थाती राख्दै फाइल पर्खि बस्छन् भोलीको।
दुसित भयो पानी भन्छन् काँहा छ र मुल
सधैँ भरि कुरा काट्छन् बिचरा त्यो खोलिको।
नेपाललाई स्वईजरलाण्ड बनाउँछु भन्दै कुद्छन्
मुखमा आयो बकिदिन्छन् बिष्वास छैन बोलीको।
"अनमोल"गौरव
सिनामंगल काठमाडौं
No comments :
Post a Comment