Wednesday, September 5, 2012

221. कहनु के, पीरमा, डुलिरहे सधै

छन्द - शरणि
III SSI SII ISI S
चौथो र सातौ अक्षरमा विश्राम

कहनु के, पीरमा, डुलिरहे सधै
सहनु के, झीरमा, झुलिरहे सधै

विषय यो, सुन्नु भो, अब त हुन्छ के
रहनु के, भीरमा, फुलिरहे सधै

स्खलित मै, भै रहे, म कणमा उसै
भनु म के, क्षीरमा, घुलिरहे सधै

सफर के, गर्नु खै, निरस यो पथै
भनु त के, तीरमा, झुलिरहे सधै

नयन के, मान्छ खै, विवश जिन्दगी
नरुनु के, नीरमा, चुलिरहे सधै

टि‍. बि. सागर
सुनसरी-नेपाल

No comments :

Post a Comment