सहनुको सिमा हुन्छ, चोट मात्र कति दिन्छौ ?सबै कुरा झुटो सम्झी, खोट मात्र कति दिन्छौ ?
मेरो पनि इज्जत छ म पनि त मान्छे हुँ नि,
जानि जानि टालिएको, कोट मात्र कति दिन्छौ ?
जति मायाँ गर्दा पनि आफ्नो भन्न चाहादिनौ,
न सहने बेमानिको, भोट मात्र कति दिन्छौ ?
खुट्टा तान्दै हिड्छौ तिमि अघि बढ्न खोजौ भने,
अपरा्धी बनाउने, नोट मात्र कति दिन्छौ ?
रत्न शमशेर थापा
गजुल - रोल्पा
हाल - मरुभुमि बाट







No comments :
Post a Comment