घाँघर लाउने बेला देखि,तिमी लाई चिनेको थेगाई गोठालो मेला पात्,संग संगै हिनेको थे||
याद आउछ खहरे को,,,पानी घट्टा अझै पनि
तिम्रो चेहरा हेर्दै त्यहाँ,मकै कोदो पिनेको थे||
सोमबारे को हाट भर्न,,भागी भागी जाँदा मैले
सिगार्नलाई दुई चुल्ठि,रातो रिवन किनेको थे||
समय संगै हाम्रो उमेर्,,,हुर्किएर फूल्दै थियो
एकान्त पारी बर्ष हरु,औंला भाँची गीनेको थे||
मिठो कल्पना गर्दै कतै,अब साथै बसौ भनि
जानी नजानी बच्पनमै,केहि कुरा छिनेको थे||
योगेन ढोलि
काठमाडौँ,नेपाल







No comments :
Post a Comment