Wednesday, September 5, 2012

224.हजुर म'त मेरो आफ्नै,काममा रमाउँछु

हजुर म'त मेरो आफ्नै,काममा रमाउँछु
बाले राख्नु भएको ठुले, नाममा रमाउँछु

सखार जान्छु मेला भर्न,खेतालाहरु संगै
फर्किएर आउँदा झनै, साममा रमाउँछु

गरेपछी मेहनेत,सुन फल्दो रहेछ धर्तीमा
सन्तुस्त छु'म सधैँ खाने,माममा रमाउँछु

किन जानु विदेश,सुन फले पछी स्वदेशमै
आफ्नै  प्यारो मातृभूमि, ठाममा  रमाउँछु

चाड-पर्व रितिरिवाज, बेग्लै हाम्रो संस्कृति 
भजनकृतन गुन्जिने ऋषि,धाममा रमाउँछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment