दुई थोपा आँशु तप्प चुहाएर गयोबैगुनीले जुनी भरी रुवाएर गयो !!
अंधेरीमा लुट्यो खुशी चुपचाप संहे
संम्झाउदै दुखी मन बुझाएर गयो||
प्यासी बनी मुस्कुराउदै समिपमा आयो
त्यो अतृप्त प्यास उस्ले मेटाएर गयो||
थाहा थियो पिउन हुन्न बिकृतीको बिष
खान्न खान्न भन्दा भन्दै कोच्याएर गयो||
जे जे भयो हिजो राती बिर्सिदेउ भन्दै
मेरो नाम एउटा चिट्ठी पठाएर गयो ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब







No comments :
Post a Comment