Wednesday, September 5, 2012

226.गाजलु नयन झुकाउदा आहा कती राम्री

गाजलु नयन झुकाउदा आहा कती राम्री
रेसमी कपाल फुकाउदा आहा कती राम्री

कारण उनीले बताइन मलाई थाहा छैन
रुझेको परेलि सुकाउदा आहा कती राम्री

पहिलो भेटमा कुरा भयो बिदा पनि दिए
चालेका पाईला रुकाउदा आहा कती राम्री

लजालु रुपमा डराउदै कती मिठो बोलि
मन र मुटुमा लुकाउदा आहा कती राम्री

☆•*¨★ S.P ★¨*•☆
शान्ति पाख्रिन

No comments :

Post a Comment