तिम्रै खुशी भन्दै मैले के के सम्म गरी न रसयौ दुख बाधा बीच आनन्दले परि न र
नाम जात भात सबै बेची अरी समाजमा
गए गुज्रे बिग्र्या मान्छे तल सम्म झरी न र
छि छि दुर सब्ले गर्थे हेला होचो पनि गर्थे
यस्ता त्यस्ता आक्षेपमा ढुक्क संग तरी न र
भन तिम्ले अझै मलाइ, के गर्ने बिचार छ
तिम्ले गर्न चाहेको झैँ सजिलै त्यो टरी न र
होला मेरो ठुलो गल्ति यो धर्तीमा बस्नु पनि
कि त मैले धर्ति छाडी स्वर्ग तिर सरि न र ?
खुले आम भन प्रिय मन्मा ला'को कुरा जति
सत्य बोल तथ्य बोल दिल्को ईच्छा भरि न र
सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार







No comments :
Post a Comment