Showing posts with label सुरज गुरुङ. Show all posts
Showing posts with label सुरज गुरुङ. Show all posts

Thursday, September 20, 2012

281.दिन बित्छ जसो तसो काट्नै गार्हो रात हुन्छ

सुरज गुरुङ

दिन बित्छ जसो तसो काट्नै गार्हो रात हुन्छ
यता कोल्टो उता कोल्टो मन भरि बात हुन्छ

बा आमाले ऋण काढेर पठाको छ विदेश
भेट्छु सबलाई भाइ भाइको जमात हुन्छ

एकातिर उन्को माया अर्को तिर घरको छ
था'हुन्न सोच्दा सोच्दै कसरि पो प्रभात हुन्छ

जब आउछन चाडवाड मन हुन्छ खिन्न
मात्र यो मनमा पिर चिन्ताकै सौगात हुन्छ

कर्मले नै ठगेपछी कसको के नै लाग्दो रैछ
उफ भन्दै अभागी यो पुर्पुरोमा हात हुन्छ

सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Tuesday, September 11, 2012

231.जंगलैमा बास मेरो जंगलैको गास मेरो


जंगलैमा बास मेरो जंगलैको गास मेरो
हत्केलामा राखेको छु एक मुठी सास मेरो

कतिन्जेल के के हुन्छ थाहा हुन्न मलाइ त्यो
यो ज्यानको माथि अब कत्ति छैन आस मेरो

दुश्मनको खोजीमा त्यो हिडेको छु रात दिन
गर्दै छन् होला सायद दुश्मन पनि तलाश मेरो

भोक प्यास तिर्खा सबै मेटी मेटी हिडेको छु
कहाँ पुगी हुने होला थाहा छैन बास मेरो

बन्दुकै यो बोकी बोकी जिन्दगि नै बिती सक्यो
कस्तो होला अबकास हुदा दिन कास मेरो

सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Friday, September 7, 2012

227.तिम्रै खुशी भन्दै मैले के के सम्म गरी न र


तिम्रै खुशी भन्दै मैले के के सम्म गरी न र
सयौ दुख बाधा बीच आनन्दले परि न र

नाम जात भात सबै बेची अरी समाजमा
गए गुज्रे बिग्र्या मान्छे तल सम्म झरी न र

छि छि दुर सब्ले गर्थे हेला होचो पनि गर्थे
यस्ता त्यस्ता आक्षेपमा ढुक्क संग तरी न र

भन तिम्ले अझै मलाइ, के गर्ने बिचार छ
तिम्ले गर्न चाहेको झैँ सजिलै त्यो टरी न र

होला मेरो ठुलो गल्ति यो धर्तीमा बस्नु पनि
कि त मैले धर्ति छाडी स्वर्ग तिर सरि न र ?

खुले आम भन प्रिय मन्मा ला'को कुरा जति
सत्य बोल तथ्य बोल दिल्को ईच्छा भरि न र

सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Sunday, August 26, 2012

208.सुख दुख मन्का कुरा गर्न तिम्ले छोड अब


सुख दुख मन्का कुरा गर्न तिम्ले छोड अब
जता जता खुशी मिल्छ मन तेतै मोड अब

भन्ने गर्थ्यौ लाला बाला हाम्रो सानो घर हुन्छ
तेस्ता झुटा बाचा साचा सबै सबै तोड अब

मैले भन्दा खुशी देलान् कसै'ले न कसै'ले त
उस्कै घर बस्ति तिम्ले प्रित छर्दै गोड अब

ह'ह ल ल गरि चोट दिनु भन्दा बरु तिम्ले
घर जाम गरि छिट्टै नया नाता जोड अब

कस्तो हुदो रैछ सानु पराइको पछ्यौरी त्यो
नया रुप रंग संगै खुशी हुदै ओढ अब
सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Wednesday, August 22, 2012

197.आफ्नै देश छाडी पर'देशको शरणमा छु


आफ्नै देश छाडी पर'देशको शरणमा छु
आधा आकाश आधा धर्ति मरणमा छु

बिघ्न बाधा उठाएकै छु जसो तसो यहाँ
पश्चिमेली उग्र ति संस्कारको चरणमा छु

साझ बिहान दिन रात एक भा छन यहाँ
पापी पेटको समस्याले गर्दा भरणमा छु

कोहि त छन् मेरा पनि आफ्नो भन्ने स्वदेशमा
चोखो प्रित भुली उन्को बाध्यताको हरणमा छु

सुख दुख चौतारी यो साझा जिबन ढलाई
जिन्दगीको अमुल्य त्यो अव'तरणमा छु

सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Sunday, August 19, 2012

191.जहाँ एउटा ठुलो जनमत थ्यो

जहाँ एउटा ठुलो जनमत थ्यो
लाग्थ्यो मलाई त्यहाँ ताकत थ्यो

सोच्थें युवाहरु जागृत भएछन
त्यहि जागरणमा रातो रगत थ्यो

अब त केहि हुन्छ कि त भनेर

खुशीयालीको मलाइ राहत थ्यो

भन्थें युवा शक्ति बढेछन् क्यारे त्यो
पुरानो ईतिहास कै स्वासत थ्यो

कुनै बेला यस्तो थियो समय त्यो
देश शान्ति चयनको बखत थ्यो

सोच्दा मुटु पोल्छ भतभती मेरो
शान्ति कता गयो जुन अनबरत थ्यो

सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Wednesday, July 11, 2012

111.जहाँ जहाँ जान्छ्यौ प्रिय सम्झनामै हुन्छ्यौ होला


जहाँ जहाँ जान्छ्यौ प्रिय सम्झनामै हुन्छ्यौ होला
एकै छिन मर्माहात भै पिडामा नै रुन्छ्यौ होला 

बिगत अतितका पल हरु........सम्झिएर
उथल पुथल दर्द अनि पीडाहरु थुन्छ्यौ होला

यहि पिडा उकुस मुकुस हुदा तिम्ले ......कैले
झुण्डीएर मर्छु भन्दै गला पासो चुन्छ्यौ होला

रंगमंचको दुनिया त्यो याद आउदा ......तिम्ले
स्पर्समा मेरै तस्बिर राखेर त्यो छुन्छ्यौ होला

विरहका भाका गाउदा न्याउली चरी .........दुर
ति भाकामा तिम्ले हाम्रै प्रेम कथा सुन्छ्यौ होला

यो जन्म यत्तिकै भो भन्दै तिम्ले अर्को जन्म
संगै हुन पाउ भन्दै मन मनै गुन्छ्यौ होला

सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Saturday, June 23, 2012

155.मेरो लाशको न मूल्य छ न दाम छ यहाँ


मेरो लाशको न मूल्य छ न दाम छ यहाँ
मुर्दा यो एउटा भनेर न नाम छ यहाँ

हेर्छन् सबले रमिता यो कठै भन्दै मेरो  
मलाई मुक्ति यो खुशीको पैगाम छ यहाँ

लिलामीमा बसें खै चिल गिद्दहरु आ'को
बिना भाउको,यो लाशको के काम छ यहाँ

विस्वासमा घात दिई पपिनिले मरें म 
तिन्लाई न दण्ड न भेद न साम छ यहाँ

भो गल्तीले न आउ सामु झार्न आशुं तिम्ले     
मुर्दा  यो "सुरज"को ठुलो बद्नाम छ यहाँ 

नोट :- पैगाम = हिन्दि शब्दमा उपहार

सुरज गुरुङ
हाल भारत
लमजुंङ भोर्लेटार

Thursday, June 21, 2012

142.बाध्यता,थ्यो,मेरो यो,तिम्ले उ मर्यो नभन्नु


बाध्यता,थ्यो,मेरो यो,तिम्ले उ मर्यो नभन्नु
भुलेर, नि,संघर्ष, गर्न उ  डर्यो नभन्नु

बाच्ने मन त,थियो,सन्ताप पर्यो ठुलो याँ
मरेर जादा,किन? यस्तो उ गर्यो नभन्नु

समाजमा लडियो बेस्सरी अघाउन्जेल
संगै लड्दै थ्यौ,तर किन उ हर्यो नभन्नु

गल्तीमा माफी दैब,उन्लाई खुशी दिनु है
प्यारी तिम्ले,छाडी,बसाइ उ सर्यो नभन्नु

तस्बिर त्यो,हेर्दा,कहिले,आशु तप्प झर्दा ,
बिचल्लित भई यो "सुरज" उ झर्यो नभन्नु

सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार

Wednesday, June 20, 2012

136.बोल्थ्यो र त्यो कैले अब बोल्छ न कहिले



त्यो ढुंगा र मुर्तिलाई पुज्ने म नै उस्तो 
निर्जीव त्यो भनेर न'बुझ्ने म नै उस्तो 

बोल्थ्यो र त्यो कैले अब बोल्छ न कहिले 
बर दे भनेर सधै जुझ्ने म नै उस्तो 

त्यो प्रसाद र अक्षेता के के भनि कन  
लिटो सिटो र पिठो त्यो मुछ्ने म नै उस्तो 

न पायो केहि,न पाउनु छ अब केहि 
चौथाई यो मगज नि लुछ्ने म नै उस्तो 

पाइ'न उनि भन्दै रोइ पत्थरमा त्यो 
शिर ठोक्दै,मैले आँसु पुछ्ने म नै उस्तो 


सुरज गुरुङ 
हाल भारत 
लम्जुङ भोर्लेटार 



Wednesday, May 30, 2012

56.दिलै यो दुख्दामा भक्कानो त्यो छोडेर रोएँ


दिलै यो दुख्दामा भक्कानो त्यो छोडेर रोएँ
पिडाको, सागर, अथाह त्यो जोडेर रोएँ

गरु म खै के,अभागी कर्मै,यस्तै नै  रैछ
हेरेर मुहार ऐना नै त्यो तोडेर रोएँ

दुखिलाई सधै त्यो दुख नै रैछ नि दैब
पीडाको खेति नै मज्जाले त्यो गोडेर रोएँ

हासौला भन्ने सोचेथे कुनै दिन भैगो
आशु नै राम्रो  ठानेर मन मोडेर रोएँ

जिन्दगि भन्दै साचेको त्यो मायाको घडा
अर्थ नै, बिहिन, भएर त्यो फोडेर रोएँ

सुरज गुरुङ,
हाल भारत
लमजुंग भोर्लेटार

Sunday, May 27, 2012

55. ति गाउका सोझा साझा निमुखा हु म


ति गाउका सोझा साझा निमुखा हु म
ति ठाउका सोझा साझा निमुखा हु म

गाउ मात्र होइन देश सर्लक्कै बेच्ने
ति खाउका सोझा साझा निमुखा हु म

मेची काली बाध साध बेचेर खाने
ति बाउका सोझा साझा निमुखा हु म

भाइ भाइ लडाउने संघियता त्यो
ति दाउका सोझा साझा निमुखा हु म

क्रान्तिको नाममा रगत बगाउने
ति घाउका सोझा साझा निमुखा हु म

सुरज गुरुङ,
हाल भारत
भोर्लेटार लमजुंग

Saturday, May 26, 2012

54.तिम्रै लागि सजाए'थें डोली मैले

तिम्रै लागि सजाए'थें डोली मैले 
प्यार भरि सुहाग'को झोली मैले 

मन्मा नया उमङ्गका खुशी छर्दै 
इच्छा शक्ति दिलै देखि खोली मैले 


सोच्थें कैले खेल्ने होला लुकामारी 
बिना दिप औशी रात होली मैले 

हर पल सोच्दै बस्थें नाना भाति 
के के कुरा मन भित्रै तोली मैले 

चढी गयौ डोली सोली पराइको
बसें रुदै खुशी सबै  पोली मैले

छल तिम्ले गरे पछी बाच्नु छैन   

अमृतमा खान्छु बिष घोली मैले 

सुरज गुरुङ, 
हाल भारत 
भोर्लेटार लमजुंग

Friday, May 25, 2012

49.माया गर्दा घात पाएँ, न यता भएँ, न उता भएँ

माया गर्दा घात पाएँ, न यता भएँ, न उता भएँ 
चोखो प्रित्मा जात पाएँ, न यता भएँ, न उता भएँ 

यो समाजको रित संग ठगिएको मान्छे रैछु म
ठुलो अप'बात पाएँ, न यता भएँ, न उता भएँ 

पीडाले छाती चर्कीएर रुदा मैले सबैले ट्वाल्ल 
हेर्ने त्यो'ज'मात पाएँ न यता भएँ न उता भएँ  

खुशीका दिप जलाउने रहर बोक्दा जिन्दगीमा 
कालो औशी रात पाएँ, न यता भएँ, न उता भएँ  
भन्ने गर्थ्यौ हामी संगै संगै जिउने भनेर तर 
खालि रित्तो हात पाएँ, न यता भएँ, न उता भएँ 

जिन्दगीको शुभ मुहुर्त खोज्दा आखिर त्यो दशाहा  
ग्रह साढें सात पाएँ, न यता भएँ, न उता भएँ 

Suraj gurung 
हाल :- ५/१ गोर्खा राइफल भारत

Thursday, May 24, 2012

47.तिम्रो मेरो,नाता तोड्ने, टुंगो भो'रे

तिम्रो मेरो,नातातोड्ने, टुंगो भो'रे
गाउ बस्ति,घरै छोड्ने,टुंगो भो'रे

मुखियाले, फैसला नि, सुनाएरे
कुल भित्रै,नातो जोड्ने,टुंगो भो'रे

हेर  दैब,केहि गर,हाम्रा लागि
साचो प्रित,अन्तै जोड्ने,टुंगो भो'रे

सुन्दर ति,मायाफुल्ने,फुल बारी
फाड़ी नासी,नयागोड्ने,टुंगो भो'रे 

तिम्रो मेरो,नातातोड्ने, टुंगो भो'रे
गाउ बस्ति,घरै छोड्ने,टुंगो भो'रे

सुरज गुरुङ, 
हाल भारत
भोर्लेटार लमजुंग

Thursday, May 10, 2012

34.दुइ पैसा कमाउन प्रबासमै बित्यो जिबन

दुइ पैसा कमाउन प्रबासमै बित्यो जिबन
टेक्ने ठाउ जमाउन प्रबासमै बित्यो जिबन

मेरी प्यारी उन्की लागि थोत्रा लुगा फेरी नया
गुन्यु चोली लगाउन प्रबासमै बित्यो जिबन

न त पाईयो संगै बस्न न त सुख दुख बाड्न
थोरै खुशी थमाउन प्रबासमै बित्यो जिबन

के गर्नु त सानु मैले, पैसा रैछ सबै थोक नै
हासी खुशी रमाउन प्रबासमै बित्यो जिबन

कर्म मोरो छोरोको जात यस्तै रैछ मेरी प्रिय
दुख सास्ती समाउन प्रबासमै बित्यो जिबन


सुरज गुरुङ
हाल भारत
(लमजुंग भोर्लेटार)

33.गजल -सुरज गुरुङ

सुरज गुरुङ

तिमी कता कता, क्षितिज पारी, मुदुर थिएँ 
गल्दै ढल्दै जल्दै, जिउदो लाश, बेुसुर थिएँ

कैले नशामा, कैले दशामा, मसानघाटमा
तड्पी तड्पी मर्न, लाचार हुदै, आतुर थिएँ

न जिउन दिन्छन न मर्न दिन्छन दैब
उल्टै पापी बने , प्रितमा घाती, कसुर थिएँ

धर्ति छाडी स्वर्ग, सर्छु तेसै भन्या छैन बास 
हर पल दुख, पिडामा कति, मुचुर थिएँ



सुरज गुरुङ
हाल भारत
९लमजुंग भोर्लेटार ०

Wednesday, May 9, 2012

28. गजल- सुरज गुरुङ



हेरें त्यो तस्बिर, बिगतका याद, दिलायो मलाई
खुशीको क्षणमा,पीडाले उन्माद, दिलायो मलाई

दिलैको पानामा, सजाई राखेको, थिएनी तस्बिर
हेर्दामा उन्लाई, थोरैमा सम्बाद, दिलायो मलाई

बोलेछु पागल, बेहोसी पनमा, त्यो पापी ूसमाजू
भन्दै यो प्यारमा, कस्ले पोु बर्बाद, दिलायो मलाई

भिजायो सिरानी, बनाई बिरानी, मनकी परानी
जिबन र मृत्युु को अपमाुबाद दिलायो मलाई




सुरज गुरुङ
हाल भारत
९लमजुंग भोर्लेटार०