Thursday, May 10, 2012

33.गजल -सुरज गुरुङ

सुरज गुरुङ

तिमी कता कता, क्षितिज पारी, मुदुर थिएँ 
गल्दै ढल्दै जल्दै, जिउदो लाश, बेुसुर थिएँ

कैले नशामा, कैले दशामा, मसानघाटमा
तड्पी तड्पी मर्न, लाचार हुदै, आतुर थिएँ

न जिउन दिन्छन न मर्न दिन्छन दैब
उल्टै पापी बने , प्रितमा घाती, कसुर थिएँ

धर्ति छाडी स्वर्ग, सर्छु तेसै भन्या छैन बास 
हर पल दुख, पिडामा कति, मुचुर थिएँ



सुरज गुरुङ
हाल भारत
९लमजुंग भोर्लेटार ०

No comments :

Post a Comment