दिलै यो दुख्दामा भक्कानो त्यो छोडेर रोएँ
पिडाको, सागर, अथाह त्यो जोडेर रोएँ
गरु म खै के,अभागी कर्मै,यस्तै नै रैछ
हेरेर मुहार ऐना नै त्यो तोडेर रोएँ
दुखिलाई सधै त्यो दुख नै रैछ नि दैब
पीडाको खेति नै मज्जाले त्यो गोडेर रोएँ
हासौला भन्ने सोचेथे कुनै दिन भैगो
आशु नै राम्रो ठानेर मन मोडेर रोएँ
जिन्दगि भन्दै साचेको त्यो मायाको घडा
अर्थ नै, बिहिन, भएर त्यो फोडेर रोएँ
सुरज गुरुङ,
हाल भारत
लमजुंग भोर्लेटार
No comments :
Post a Comment