Thursday, May 31, 2012

57. मानबता जब, चिच्यायो आज (राम शरण श्रेष्ठ)


मानबता जब, चिच्यायो आज ।।
झार फेरी ..., मौलायो आज ।।

सुस्तरि आई ,  हावाले पनि
नहुने कुरा , बतायो आज ।।

गरेर विश्वास, राजनीतिलाई
जनताले के ,  पायो आज ।।

अप्ठेरो कतै, पर्योकि उस्लाई
विहानै काग, करायो आज ।।

कसरि शिक्षा, दिइन्छ भन्दै
शिश्यले उल्टै, पढायो आज ।।

जहरमा जे , प्रेममा छैन
प्रेमीले किन, सम्झायो आज ।।

गर्दैमा कोसिस, रामले  पनि
जीन्दगी सबै , गुमायो आज ।।

राम शरण श्रेष्ठ
चिसापानी गा।वि।स बडा नं।६,
रामेछाप

No comments :

Post a Comment