जंगलैमा बास मेरो जंगलैको गास मेरोहत्केलामा राखेको छु एक मुठी सास मेरो
कतिन्जेल के के हुन्छ थाहा हुन्न मलाइ त्यो
यो ज्यानको माथि अब कत्ति छैन आस मेरो
दुश्मनको खोजीमा त्यो हिडेको छु रात दिन
गर्दै छन् होला सायद दुश्मन पनि तलाश मेरो
भोक प्यास तिर्खा सबै मेटी मेटी हिडेको छु
कहाँ पुगी हुने होला थाहा छैन बास मेरो
बन्दुकै यो बोकी बोकी जिन्दगि नै बिती सक्यो
कस्तो होला अबकास हुदा दिन कास मेरो
सुरज गुरुङ
हाल भारत
लमजुंग भोर्लेटार







No comments :
Post a Comment