Tuesday, September 11, 2012

230.यसपाली पनि तीजमा ,डाक्न पाईन दिदि!!


यसपाली पनि तीजमा ,डाक्न पाईन दिदि!!
हजुरले ल्याएको पाहुर,चाख्न पाईन दिदि !!

कर्मै यस्तो विदेशिनु, रैछ लेखेको मलाइ !!
हजुरबाट आशिर्वाद नि,थाप्न पाईन दिदि !!

सम्झनाछ धेरै पहिले,संगै नाचेको तीजमा !!
हजुरको हातमा दक्षिणा नि,राख्न पाईन दिदि !!

विदेशी रणभुमि यो,नहुने भो सोचेको कहिले!!
छुट्टी समेत आउंछु भनि,ताक्न पाईन दिदि

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment