Tuesday, September 11, 2012

232.गलत सहि थाहा पाउनु धेरै जरूरी हुन्छ

गलत सहि थाहा पाउनु धेरै जरूरी हुन्छ
टाढिनु पनि यहाँ सबैलाइ मजबुरी हुन्छ

गएर सोध्नु ऐना अगाडी किन हुदैछ एस्तो
उठाउन औंला अर्कालाई सारै आत्तुरी हुन्छ

पाइला पिछे सब्लाई सहारा साथीको पर्छ
हरेक घरको साँन बढाउने एउटा धुरी हुन्छ

एक हातले कहीले ताली बज्दैन बुझ्नु सधै

आँटोनी दुवै पाटो पोले पछी बल्ल पुरी हुन्छ

थाहा नै होला माया बिना संसार अधुरो बन्छ
फैसला गर्नु छातीमा माया सधै नै मुरी हुन्छ

☆•*¨★ S.P ★¨*•☆
शान्ति पाख्रिन

No comments :

Post a Comment