नसोध भो, जिन्दगीको /अब खबर, साथीपाए बरु, पिउथे एक/ प्याला जहर, साथी
म जल्दैछु, हरपल हरक्षण/ वियोगको ,रापमा
रहेन यो, जिन्दगीमा/ जिउने रहर, साथी
राखी विश्वास, थालेको'थे / शिखर चुम्ने, यात्रा
नजरभरि, निलकाडाँको / मेरो डगर, साथी
अन्तिम होस् , यात्रा आज/ ईच्छा मेरो, यहि छ
अँन्ध्यारो छ दिउसै मेरो आफ्नो सगर साथी
बहाना यो, बनाई कति / मृत्युलाई, छेकुँ
टुङ्ग्याई दिन्छु, जिन्दगीको/ बाँकी सफर, साथी
टि बि सागर
इटहरी,नेपाल







No comments :
Post a Comment