Tuesday, September 11, 2012

234.श्रमिक मज्दुर हेप्ने लाई,गाली दिन सिकौ

श्रमिक मज्दुर हेप्ने लाई,गाली दिन सिकौ
दु:खी बोल्दा समर्थन मा,ताली दिन सिकौ!!

कोहो भोकै रुदा यहाँ,मन्मा काँढा बिच्छन्
भोक मेट्ने आहाराको,,,थाली दिन सिकौ||

खकन् टेकन् सिरमा नाम्लो,पसिनाको धारा
मनै फाट्दा भरिया को,,,टाली दिन सिकौ||


ममता को काख छैन,कोही रोड्मै सुत्छन्
बर्षा छल्ने झुपडी को,,पाली दिन सिकौ||

भोकमारी ले भिखारी भै,माग्दै हिड्ने लाई
झोली थाप्दा दुई पैसा,,,हाली दिन सिकौ||

मज्दुर बाध्य हुँदा यहाँ,सस्तो ज्याला थाप्न
समान्ता को दर्हो कदम्,चाली दिन सिकौ||

योगेन ढोलि
काठमाडौँ ,नेपाल 

No comments :

Post a Comment