तिम्रै लागि सजाए'थें डोली मैले
प्यार भरि सुहाग'को झोली मैले
मन्मा नया उमङ्गका खुशी छर्दै
इच्छा शक्ति दिलै देखि खोली मैले
सोच्थें कैले खेल्ने होला लुकामारी
बिना दिप औशी रात होली मैले
हर पल सोच्दै बस्थें नाना भाति
के के कुरा मन भित्रै तोली मैले
चढी गयौ डोली सोली पराइको
बसें रुदै खुशी सबै पोली मैले
छल तिम्ले गरे पछी बाच्नु छैन
अमृतमा खान्छु बिष घोली मैले
भोर्लेटार लमजुंग
प्यार भरि सुहाग'को झोली मैले
मन्मा नया उमङ्गका खुशी छर्दै
इच्छा शक्ति दिलै देखि खोली मैले
सोच्थें कैले खेल्ने होला लुकामारी
बिना दिप औशी रात होली मैले
हर पल सोच्दै बस्थें नाना भाति
के के कुरा मन भित्रै तोली मैले
चढी गयौ डोली सोली पराइको
बसें रुदै खुशी सबै पोली मैले
छल तिम्ले गरे पछी बाच्नु छैन
अमृतमा खान्छु बिष घोली मैले
सुरज गुरुङ,
हाल भारत भोर्लेटार लमजुंग
No comments :
Post a Comment