Sunday, September 2, 2012

220.बालुवाको नगरमा,फुल्छु क्या हो म त!!


बालुवाको नगरमा, फुल्छु क्या हो म त!!
फेर्न स्वास प्रस्वास,भुल्छु क्या हो म त!!

बाँचेर के गर्नु हजुर, यो स्वार्थि दुनियामा
प्युनलाइ बिष प्याला,घुल्छु क्या हो म त!!

बिस्वस्सको त यहाँ, हिमाल नै ढले पछी
झुटोपनको हिमाल नै,चुल्छु क्या हो म त!!

यात्रा स्वर्गकै रोजें नि,खै कता पो पुगिने हो
स्वर्ग भन्दै नर्क तिरै, डुल्छु क्या हो म त !!


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment