Sunday, September 2, 2012

219.भरियाको कथा बोक्ने त्यो गजल अधुरै छ

भरियाको कथा बोक्ने त्यो गजल अधुरै छ
पसिनाको मुल्य तोक्ने त्यो गजल अधुरै छ||

के दिन्छौ र पहिचान भारी बोक्छु भरिया हुँ
नखोक भो मैले खोक्ने त्यो गजल अधुरै छ||

ढुङो माटो सबै बोल्छ अन्यायले थिचे पछी
बोली बाटै गोली ठोक्ने त्यो गजल अधुरै छ||

कालो तिम्रो कर्तुत त्यो मैले लेखे भने फेरी

सर्माएर जिब्रो टोक्ने त्यो गजल अधुरै छ ||

दु:ख पीडा लेख्दै थिए मुटु दुख्यो हल्का पिएँ
अँधेरीमा बसी धोक्ने त्यो गजल अधुरै छ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

No comments :

Post a Comment