झर्छन अश्रुधारा, सम्हालिऊँ कसरी म?
हेर्छ दुनिया सारा, सम्हालिऊँ कसरी म?
पिडा र बेदनाले, आँखा पुग्छ आकासमा,
खस्दिने फेरी तारा, सम्हालिऊँ कसरी म?
टुट्छ मनको बाँध, छरपस्ट पल्भरमै,
जिन्दगीको किनारा, सम्हालिऊँ कसरी म?
नियतीले लुटेपछि, पिरतीको अस्तित्व नि,
भईयो सर्बहारा, सम्हालिऊँ कसरी म?
बाध्न खोज्छु मन यो, भईदिन्छ वयूपंखी,
बैंश नै ज्यानमारा, सम्हालिऊँ कसरी म?
पिरतीको घर छ, केवल तिम्रै भर छ,
बिना तिम्रो साहारा, सम्हालिऊँ कसरी म?
झर्छन अश्रुधारा,सम्हालिऊँ कसरी म?
हेर्छ दुनिया सारा, सम्हालिऊँ कसरी म?
२०६९/०१/२७ "सुमन काले"
छैन गन्तब्य तर पनि हतारमा छु म,
अन्योल ग्रस्त मायाको संसारमा छु म!!
न त सक्छु तिमीलाई छोड्न न त बाबु आमा,
भित्र बाहिर पाइला राखी संघारमा छु म!!
यस्तो छ परिस्थिती निर्णय भन के लिउं ???
कसैसंग सम्बन्ध नतोड्ने बिचारमा छु म!!!
तिमि छौ म छु अरु के छ विश्वास बाहेक??
केवल तिम्रै भर छ मायाको आधार मा छु म!!
भेल छ, बाडी छ, आंधी-तुफान आउंदै छ रे,
आऊन समाउ हात मेरो जगारमा छु म!!
भित्र बाहिर पाइला राखी संघारमा छु म!!
१४/०६/२०६5 "सुमन काले"
मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!
दिन रात साँझ बिहान्, हर्दम छ हरपल छ,
घण्टा, मिनेट सेकेन्ड , पलपल छ माया तिम्रो!!
यती धेरै माया मनमा, तर छ यो दुरी दुस्मन,
कस्तो कठोर याद यो, झलझल छ माया तिम्रो!!!
रक्सि चुरोट छोड्या'छु, तिम्रै मायाको कारणले,
कुलत ती छुटे सब, तलतल छ माया तिम्रो!!!
मन भा'छ वायुपंखी, बहकिन्छ कहिले काहीं,
पुर्नेको जुन झैं तिमी, टलटल छ माया तिम्रो!!!
मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!
१२/०८/२०६८ "सुमन काले
टाडा बस भन्दा सधैं , नजीक आउने तिमि नै हौ,
अंग अंग स्पर्श गरी, आगो लाउने तिमि नै हौ!!!!
सामिप्यता बढ्दै जाँदा, चाहना पनि त बढ्दै जान्छन,
जोशमा छौ होश गर्नु है?, दुख पाउने तिमि नै हौ!!
सबैको प्यासी मन हुन्छ, उफ: समाजको बन्धन हुन्छ,
थाहा छ सिमाना नाघ्नु हुन्न , तर धाउने तिमि नै हौ
पुरुष मन न हो, मिठो अनुरोध , कसरी नकार्ला र???
लोलाई "नयन" मधु रशमा, गीत गाउने तिमि नै हौ!!!
स्वर्णिम यो स्वर्ग रै'छ पल्कियौ तिमि ख्यालख्यालमै,
फिरन्ते त्यो भवरालाई नि, अमृत ख्वाउने तिमि नै हौ !!!
०३/०९/२०६८ "सुमन काले"
सारा बन्धन तोडेरै आएँ,झुटा बहाना जोडेरै आएँ!!तिम्रो याद आयो खाने बेला,पस्केको भात छोडेरै आएँ!!पिंडीमा त बा बसिराका थे,खोपीको झ्याल फोडेरै आएँ!!गैह्री खेत को रोपाईं थियो,पाईलाहरु मोडेरै आएँ!!मुशलधारे पनि प'र्या छ,पुरानो घुम ओडेरै आएँ!!ढिलो भयो भनि नठुस्कन ,बुडेको बिउ गोडेरै आएँ!!
११/०३/२०६८ "सुमन काले
shree manjyang - 8, lamjung
चिथोरेर छाती, किन आयौ माया?बिथोलेर मन, किन लायौ माया ??नजिक सरेर, तिम्रै हुँ भनेर, पिरोलेर गीत, किन गायौ माया??तिमि नहुँदा' नि, खुशी नै थिएँ म,निचोरेर आँखा, किन छायौ माया??तोडेर बन्धन, ट़ाडिनु थियो त,छिचोलेर बाटो, किन धायौ माया??तिमि बिना मर्छु, सि'र्मा हात राखी,फिसोलेर बाचा, किन खायौ माया?२०६९/०१/२८ "सुमन काले"

नियतिले मलाइ शोक दियो
भाग्यले लात्ती ठोकदियो !
धोकेबाजको तराजुमा ,
ईमान्दरितालाई जोखदियो !!
सुनको जलप लगाएर,
मायाको मूल्य तोकदियो!!
न माया न धन रित्तो छु,
दिएन खुशी, सबथोक दियो !!
दुनियाले कायर भन्छ कि,
मर्न बाट पनि रोक्दियो!!
यसै न उसै झोंक चले'सी,
'काले'ले रक्सि धोकदियो!!
नियतिले मलाइ शोक दियो
भाग्यले लात्ती ठोकदियो !
२०६९/०३/०७ "सुमन काले"
अल्बिदा भनेर हात, हल्लाउंदै नजाउ,नरोउ भनेर आँशु, छल्काऊँदै नजाउ!!साथ् साथै हुँदा हुन्छ, जिन्दगी रमाइलो,याद पासो बनाएर, अल्झाउँदै नजाउ!!हुँदै छौ नि दुर किन ? साथ छोडेर मेरो, उही घाउ चोट फेरी, बल्झाउँदै नजाउ!!एक्लो दिन एक्लो रात, नहुँदा तिमि साथ्,सपनीमा आई फेरी, झस्काउँदै नजाउ!!!!एक पल गाह्रो हुन्छ, तिमि बिना त यहाँ,अर्को जुनी भेटौं भनि, सम्झाउँदै नजाउ!!.............नजाउ ल.......? कान्छु ???
२०६९/१/१८/ "सुमन काले"
अझै मिठो हुन्छ साथ् अलिकति आस बढाउ,
आत्मीय हुन्छ रात अलिकती आभास बढाउ!!!!
मनको त्यो प्रबेगलाइ नियन्त्रणमा राख्न सिक,
होसै गुम्ने हुन्छ मात अलिकति त्राश बढाउ!!!
मध्यरातको निदरीमा कानेखुसी गर्दै आऊँछौ
झनै मिठो हुन्छ बात अलिकति सास बढाउ!!!
एक्लोपनको निरासामा सम्झनाको सहयात्रा,
भोकमा मिठो हुन्छ भात अलिकति गास बढाउ!!
दुरी दुस्मन, संकालु मन, बहकीन के बेर छ र?
ख्यालख्यालमै हुन्छ घात अलिकती विश्वास बढाउ!!!
२०६८/११/०२ "सुमन काले"
साह्रै छिटो,साभार हुन्छन्,मैले लेखेका,गजलहरू ।
सबै चोर्न,तयार हुन्छन्,मैले लेखेका,गजलहरू ।
मेरा मनका,भावहरू,अरु कसैका,नाममा देख्छु
त्यसै त्यसै,बेकार हुन्छन्,मैले लेखेका,गजलहरू ।
चुप्चाप बस्नु,परेको छ,बिचरा ! सर्जक,भएर म
दुनिँयाका,आभार हुन्छन्, मैले लेखेका,गजलहरू ।
आत्मसन्तुष्,टिका लागि, कथाकहानी, आफ्नै लेखेँ
खुसीका समाचार हुन्छन्,मैले लेखेका,गजलहरू ।
कैले यौटा,कैले अर्को, पालैपालो छ,भोग चलन
सधैँ बलात्,कार हुन्छन्/मैले लेखेका,गजलहरू ।
२०६८/१०/०९ "सुमन काले"
 |
| "सुमन काले" |
आऊ दुखाएरै जाउ,
आँशु सुकाएरै जाउ!!
पोल्छ मौन रुवाईले,
डाँको फूटाएरै जाउ!!
भयो घृणा नि नगर,
माया लुकाएरै जाउ!!
कति सधैं आसै मात्र ?
गाँठो फुकाएरै जाउ!!!
भिक चाहिन्न मलाइ,
नयन् झुकाएरै जाउ!!!
२०६९/०२/२२ "सुमन काले"