Saturday, June 23, 2012

154.सारा बन्धन तोडेरै आएँ,

सारा बन्धन तोडेरै आएँ,
झुटा बहाना जोडेरै आएँ!!

तिम्रो याद आयो खाने बेला,
पस्केको भात छोडेरै आएँ!!

पिंडीमा त बा बसिराका थे,
खोपीको झ्याल फोडेरै आएँ!!

गैह्री खेत को रोपाईं थियो,
पाईलाहरु मोडेरै आएँ!!

मुशलधारे पनि प'र्या छ,
पुरानो घुम ओडेरै आएँ!!

ढिलो भयो भनि नठुस्कन ,
बुडेको बिउ गोडेरै आएँ!!

११/०३/२०६८ "सुमन काले
shree manjyang - 8, lamjung

No comments :

Post a Comment