(श्रेष्ठ बसु) |
मन भित्र को ती चाह लाई मार्नु पर्ने भयो !!
धेरै नै प्रतिक्षा पछिको यो मेरो प्राप्ती थियो
ओठको मुस्कान अर्कै तिर सार्नु पर्ने भयो !!
आफै भित्र भित्रै गुम्सिएका रहर हरु लाई
झुठो आश्वासन दिई अब टार्नु पर्ने भयो !!
जिन्दगी लाई भेट्टाउने झुठो प्रयास मा
शिखर छोएका आशा फेरी झार्नु पर्ने भयो !!
नम्बरी नै थिए मेरो आत्मा अनी ती भावना
तेजाबी सुन झै फेरी किन खार्नु पर्ने भयो !!
(श्रेष्ठ बसु)
No comments :
Post a Comment