Friday, June 22, 2012

148.चिथोरेर छाती, किन आयौ माया?

चिथोरेर छाती, किन आयौ माया?
बिथोलेर मन, किन लायौ माया ??

नजिक सरेर, तिम्रै हुँ भनेर, 
पिरोलेर गीत, किन गायौ माया??

तिमि नहुँदा' नि, खुशी नै थिएँ म,
निचोरेर आँखा, किन छायौ माया??

तोडेर बन्धन, ट़ाडिनु थियो त,
छिचोलेर बाटो, किन धायौ माया??

तिमि बिना मर्छु, सि'र्मा हात राखी,
फिसोलेर बाचा, किन खायौ माया?
२०६९/०१/२८ "सुमन काले"

No comments :

Post a Comment