Friday, June 22, 2012

147नेताहरु भन्दा पनि, जनता बेकार भो !

१. 
नेताहरु भन्दा पनि, जनता बेकार भो !
सयौं जुटे तर पनि, संबिधान भार भो !!

सहमति जनाउदै, कानुन बनाउन
पछि-पछी लागे अनि, आखिरीमा हार भो !!

तमासा देखाउछन्, बालुवाटारमा बादरहरु
बिधान लेख्नेबाटै फेरी, शान्ति करार भो !!

गर्नु छैन गर्ने हैनन्, बादर त परे सबै
कैले यता लड्छन कैले, उता मारामार भो !!

ब्याधाले पक्रिएको, पिंजडाको चरी जस्तै
आफ्नै देश पनि आज, किन कारागार भो !!

दुनियाँलाई देखाउने, हसाउने संचारमा
आज एउटा नेपालमा, यस्तो समाचार भो !! 

        <3  <3  <3  <3  <3 
२. 
निर्देशकलाई हात लिए, मैले के बिराए !
कथाले मागेको दिए, मैले के बिराए !!

रंग मंचको दुनियामा, अघि बढ्नलाई 
पार्टीमा एक प्याक पिए, मैले के बिराए !!

मेरो लक्ष्य झुकाब सधै, कला क्षेत्रमा 
रोजी आज आफै जीए, मैले के बिराए !!

अरुले झैँ स्विमिङ्ग र बेड सिनमा मात्र 
टु-पिस लाएको थिए, मैले के बिराए !!

०८/०६/२०१२
अभागी कान्छा गाउँले
तोपगाछी, झापा

No comments :

Post a Comment