Thursday, June 21, 2012

146.भमराले फूल चुम्दा यो मन हुन्छ चन्चल


भमराले फूल चुम्दा यो मन हुन्छ चन्चल 
नजर ओरीपरी देख्छु उस्कै मुहार झल्झल

झर्ना र पहरा"को साइनो देख्दा किन किन 
झर्ना संगै झर्न मन लाग्यो मलाई कल्कल 

हिम्चुलीलाइ घामको पहिलो किरणले छुदा 
हिमाल जस्तै खुसी हुदै हाँस्छ मन हरपल

इन्द्रेणीझैँ मलाई पनी रंगीचंगी लाउने मन 
रंगीचंगी चुराहरु सारी पनी लाउँछु मल्मल

साँझपख प्रहर"मा जुन देख्दा तिमी पाउछु 
तिमीलाई भेट्ने चाहनामा बाँच्दै छु पल्पल
एस.पी
शान्ति पाख्रिन 
हाल-इजरायल 

No comments :

Post a Comment