Thursday, June 21, 2012

145.हाम्रै राज्य आउँछ आउँछ (राम शरण श्रेष्ठ)

राम शरण श्रेष्ठ
हाम्रै राज्य आउँछ आउँछ ।।
सबैले भाग पाउँछ पाउँछ ।।

कोईली मारी काग बचाऊँ
कागले मिठो गाउँछ गाउँछ ।।

हिमाल लाई तराई के काम
छुट्टा छुट्टै स्वाउँछ स्वाउँछ ।।

यो देशलाई टुक्र्यायौं भने
बाँड्न अनि भ्याउँछ भ्याउँछ ।।

Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Note :
मेलै यो गजल लेख्नुको उदेश्य यो होईनकी जातिय सद्-भाव भड्कियोस , गजलमा ब्याङ्ग्यमात्र गर्न खोजेको हो तपाईहरुलाई मन पर्छ पर्दैन यसो भनि रहँदा म संघियता विरोधि चाहिँ हैन ।

No comments :

Post a Comment