Thursday, June 21, 2012

144.बियोग के हो दु:खमा परेकोलाई थाहा हुन्छ।


बियोग के हो दु:खमा परेकोलाई थाहा हुन्छ।
ज्युदै छ तर आत्मा मरेकोलाई थाहा हुन्छ॥

तिम्ले बुझ्न सक्दैनौ प्रेमको सम्बन्ध यो।
आफु भन्दा धेरै माया गरेकोलाई थाहा हुन्छ॥

खुसी राख्न स्वयम भुमरिमा अल्झिएर।
हिलो मैलो बर्षे भेल तरेकोलाई थाहा हुन्छ॥

यदी मन अघाउछ भने अन्न कोच्नु पर्दैन।
मिठो मुस्कानले पेट भरेकोलाई थाहा हुन्छ॥

धोका दिनु भन्दा कसैलाई पाउनु नै बेश होला॥
नाता साईनो यताउता सरेकोलाई थाहा हुन्छ॥

No comments :

Post a Comment