Friday, June 22, 2012

149.मलाई सधैं रुवाउने (गोविन्द पाण्डे)

गोविन्द पाण्डे
मलाई सधैं रुवाउने शहर नै दोशी हो कि ?
मन भित्र पलाउने रहर नै दोशी हो कि ?

संबिधान को कुरा गर्छन् संबिधानसभालाई मारेर
कतै राजसस्था ढलाउने जन-लहर नै दोशी हो कि ?

'साँढे जुधाइ बाच्छाको मिचाइ'निर्धो सधैं हेपिन्छ यहाँ
... बिना कारण दोश पाउने बहर नै दोशी हो कि ?

माया अचेल सस्तो भाछ भेटे पछी नाना थरी
लाग्छ भेट गराउने प्रहर नै दोशी हो कि ?

अभाबै अभाब यो जिन्दगीको डोरी छिनाइदिउझै हुन्छ
फेरी सोच्छु काल बोलाउने जहर नै दोशी हो कि ?

मलाई सधैं रुवाउने शहर नै दोशी हो कि ?
मन भित्र पलाउने रहर नै दोशी हो कि ?
गोविन्द पाण्डे

No comments :

Post a Comment