Thursday, February 3, 2011

६. गजल - राज श्रेष्ठ

उनी थीइन सबथोक थियो, तै पनि जिउन रोक थियो !!
मर्ने र मार्ने झोंक थियो, तर यो मन डरपोक थियो!!

बेमानी म कि त्यो शहर,अमृत भन्दै पिलाउने जहर,
...नशा मा सबलोक थियो, उत्सब हर गल्ली चोक थियो!!

उजाड उदाशि तन हरू , माया मा प्यासी मन हरू
माया कै मिठो भोक थियो, पिउन हजार शोक थियो !!

आफन्त हरुकै माझमा ,बोल्न नसक्ने आवाजमा,
एउटा यस्तो संयोग थियो,नमार्नु उन्कै तोक थियो!!

No comments :

Post a Comment