![]() |
स्काई नवीन बस्नेत |
जति जल्छन् जलन देउ,भेट्न आउ है प्रेम दिवस मा
कुरा चलछन् चल्न देउ,भेट्न आउ हे प्रेम दिवस मा ॥
हामी दुई को माया देखी,कुरा काट्ने धेरै छन् नी
आरीसे ढल्छन् ढल्न देउ,भेट्न आउ हे प्रेम दिवस मा ॥
सक्ने हैन केही गर्न,हामी दुई को सामु यिन ले
पछी छल्छन् छल्न देउ,भेट्न आउ है प्रेम दिवस मा ॥
लामो बाटो दु ख धेरै ,थाक्छु भन्छेउ किन काली
गोडा गल्छन् गल्नदेउ,भेट्न आउ हे प्रेम दिवस मा
गाउंले सारा हाम्रो पछी,किन आखा बाली लाग्छन्
आखा बल्छन् बल्न देउ,भेट्न आउ है प्रेम दिवस मा ॥
No comments :
Post a Comment