![]() |
शमिर अधिकारी |
प्रेम दिवशमा एक्लो हुनु मर्नु बराबर !!
स्वार्थी यो सन्सारको भर पर्नु बराबर !!
मन पर्नेले हेर्ने हैनन नपर्नेको तांती यहाँ ,
स्वर्ग छोडि नर्क तिर सर्नु बराबर !
यो बर्षको नि प्रेम दिवश त्यसै जाने भो ,
मन को लड्डु घिऊ संग पेट भर्नु बराबर !!
रातो गुलाबको प्रतिक्षामा धेरै बर्ष बिते ,
यस्तो जीबन ओईलाएर झर्नु बराबर !!
No comments :
Post a Comment