Saturday, February 12, 2011

२२. गजल - जितेन्द्र मल्ल ( प्रेमदिवस बिशेष )

जितेन्द्र मल्ल











देउता खोज्न यता उती, भौतारिदै डुली हिंडें ।
संजोगले तिमी भेटें, त्यही देउता भुली हिंडे ।

या देउतालाई चढाई देऊ, या मनैमा सजाइ देऊ, 
तिम्रै मनको बगैचामा, बेफिक्री म फूली हिंडें ।  


डुल्छु तिम्रै सेरो फेरो, मै रहिन अब मेरो, 
के डर भो र दुनियाँको? म मायामा खुली हिंडे । 

मायाको त वैरी जगै, तिमीविना के ज्युँनु खै, 
कस्ले सक्छ अलग गर्न? म तिमीमै घुली हिंडें । 

जितेन्द्र मल्ल

मेलबाट प्राप्त 
प्रेमदिवस बिशेष गजल 

No comments :

Post a Comment