Saturday, February 12, 2011

२१.गजल-केशब शर्मा

केशब शर्मा
 बस्ती देखि टाढा पर, जुनेली को रात थियो
एकान्तमा हामी दुइ, हातमा उन्को हात थियो ।

चुपचाप हामी दुबै, सन्नाटा थियो चारैतिर
शून्यता लाई चिर्दै झर्ने, खाली रुखको पात थियो ।

अन्माएकी दुलही झैं टोलाएर बसेकी थिन
झुकेका ती परेलीमा, लठ्याउने मात थियो ।

बोल्न खोज्दा सर्माएर फर्की अन्तै हेरिरहिन
लुकी हेर्दा नयन उन्को, चाहना को खात थियो ।

पत्तै नपाई सिंगो रात ढल्की गयो उनको साथमा
लाली बोकी क्षितिजमा, उदाउदै प्रभात थियो ।

केशब शर्मा
ब्रिसबेन, अस्ट्रेलिया
Note:-
मेलबाट प्राप्त गजल

2 comments :