![]() |
मदन भट्ट |
कती बस्नु लुकि छिपि खुलौँ आउ प्रेमदिवशमा।
दुनियाँको के वास्ता र?भुलौँ आउ प्रेमदिवशमा।
कुरा काट्ने काट्दै गर्छन रितै हो यो समाजको,
तिमी र म पिरतीमै घुलौँ आउ प्रेमदिवशमा।
हाम्रो प्रेम चारैतिर फूल्नु पर्छ मौलाएर,
भँमरा झैँ मायामा नै झुलौँ आउ प्रेमदिवशमा।
छाती भित्र रातो गुलाब सजाएर दिलमा,
मुना "मदन" हाम्रो जोडी फूलौँ आउ प्रेमदिवशमा।
कती बस्नु लुकि छिपि खुलौँ आउ प्रेमदिवशमा।
दुनियाँको के वास्ता र?भुलौँ आउ प्रेमदिवशमा।
~भट्ट,मदन
रसायनशास्त्र केन्द्रिय
विभाग त्रि.वि. किर्तिपुर काठमाण्डौँ।
No comments :
Post a Comment