Thursday, March 3, 2011

३६ . गजल- अर्जुन ठकुरी

आज आफु जन्मिएको ठाऊ याद आयो !!
बालापन बिताएको गाऊ याद आयो !!

साथी संगी मिली जुली लुकामारी खेल्दा,,
माया गरी बोलाउने नाउ याद आयो !!

मुमा संग पैसा मागी दोकानमा जान्थे..
सानो सानो पापडको भाऊ याद आयो !!

बुवा संग घास काट्न गैरी खेत जादा,,
हसियाले काटको त्यों घाऊ याद आयो !!

अर्जुन ठकुरी (जोय)
माझफाट १ पर्बत

No comments :

Post a Comment