हे भगवान विधार्थी हुँ, उमेरमा सानो छु म
सवै जना पाथि मुरी,मात्र नाप्ने मानो छु म
कस्ता दिन अाइसके,उत्तर फर्काउनै पर्ने
अरे बाबा सवले हाइ ,कान नसुन्ने कानो छु म
ठुलो पल्ट्यो भन्छन सवै,उनै बस्छन महलमा
पानी चुइने विर्खे दाइको,प्वाल पर्या छानो छु म
कस्तो अायो वृकृति, सम्मान भन्ने कतै छैन
लेख्ने च्यात्ने फाल्दिने,अति सस्तो पानो छु म
कल्पने नी सीमा हुन्छ,को सँग कति अपेक्षाको
जसले चायो टुक्रा पार्ने,अति सस्तो चानो छु म







No comments :
Post a Comment