सवैले लेख भन्छन्,लेखिदिन्छु बन्छ गजल
मनले रच्छ कल्पनामा,सुनिदिन्छु भन्छ गजल
हरेक सोचमा नयाँ पन,हरेक पनमा मिठास
प्रत्येक चोटि एकएक,थपिदिन्छु गन्छ गजल
कहिले माया भावानको कहिले समाज विकृति
बुज्नेलाइ इशाराले, सवको खेदो खन्छ गजल
भन्छन घाम नपुग्दानी,साहित्य चाँही पुग्छ
जतातीर पुगेकोछ,सवको अफ्नै पन्छ गजल







No comments :
Post a Comment